एमाले कैलालीको चियापान स्थगित, भूकम्प पीडितलाई १ लाख बढी रकम दिने घोषणा

  मङ्गलबार २१, कार्तिक २०८० ०६:१७

धनगढी । नेकपा एमाले कैलालीले आयोजना गर्ने तयारी गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पले ठूलो मानवीय क्षति गरेपछि कार्यक्रम स्थगित गरिएको हो ।

कैलाली एमालेका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले सोमबार एक विज्ञप्ति जारी गरेर पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

उनले पार्टी कमिटीले १ लाख ११ हजार १११ रुपैयाँ भूकम्प पीडितका लागि सहयोग गर्नेसमेत जानकारी दिए ।

clock मङ्गलबार २१, कार्तिक २०८० ०६:१७

प्रतिक्रिया