कांग्रेसले भूकम्प प्रभावितको उद्धार र राहतका लागि सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने

  शनिबार १८, कार्तिक २०८० ११:३५

काठमाण्डौ । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

पार्टीको तर्फबाट विपद्को यो बेला सरकार, राजनीतिक दल, सङ्घसंस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको उहाँले बताउनु भयो । 

शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक क्षति भएको छ । 

कांग्रेसले यस घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनीतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ ।

clock शनिबार १८, कार्तिक २०८० ११:३५

प्रतिक्रिया