कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्विप’

८ मंसिर २०७९, बिहिवार

धनगढी, ८ मंसिर । कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीले क्लिन स्विप गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका हुन ।

प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी रन्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन ।

प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरी विजयी भएका छन् । औपचारिक घोषणा भने बाँकी रहेको छ ।

Share This:
No News Were Available