बैतडीको श्रीकेदार स्वास्थ्य चौकी किशोरकिशोरीमैत्री प्रमाणीकरण 

२५ कार्तिक २०७९, शुक्रवार

बैतडी, २५ कार्तिक । बैतडीको श्रीकेदार स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य चौकी प्रमाणीकरण भएको छ। किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि सलेना स्वास्थ्य चौकीलाई बिहीबार एक कार्यक्रमकाबीच किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिएको हो। 

किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले श्रीकेदार  स्वास्थ्यचौकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र प्रदान गरिएको परिवार कल्याण महाशाखाका विष्णु बास्कोटाले बताए। नेपाल सरकारले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेकाले स्वास्थ्यचौकीहरुलाई किशोरकिशोरी मैत्री घोषणा गर्ने गरिएको उनले बताए। 

श्रीकेदार स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालले प्राविधिक सहयोग गरेको थियो। सो स्वास्थ्य संस्थाले ९२।७५ प्रतिशत सूचक पूरा गरेकाले किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको हो। 

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा अहिलेको आवश्यकता भएकाले अब स्थानीय तहहरुले पनि किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि पहल गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। बैतडीमा अहिलेसम्म १२ ओटा स्वास्थ्यचौकी किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण भएकाले अन्य स्वास्थ्यचौकीलाई पनि किशोरकिशोरी मैत्री बनाउनुपर्ने आड्रा नेपालका कार्यक्रम संयोजक राजिव यादवले बताए।

दोगडाकेदार गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि पालिकाले पहल गरिरहेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। 

Share This:
No News Were Available