कैलालीमा लागुऔषधसहित ११ जना पक्राउ

  मङ्गलबार २१, चैत २०७९ ०९:४२

धनगढी । कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट ब्राउनसुगर सेवन गरिरहेका अवस्थामा भेटिएका ७ सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–३ बिशालनगर बस्ने ४० वर्षीय आनन्द धामीलाई ३ ग्राम ४०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी दिए।

त्रिनगरस्थित तिल्केतालबाट ६५० मिलीग्रामसहित ईश्वर साउद, टीकापुर नगरपालिका–१ बाट ११० मिलिग्रामसहित २२ वर्षीय शिशिर चौधरी र ४ ग्राम ८८० मिलीग्रामसहित भारतको तिकुनिया बस्ने २० वर्षीय सतिश रानालाई समेत पक्राउ गरिएको उनले बताए।

प्रहरी निरीक्षक साउँदकाअनुसार धनगढी उपमहानगरपलिका–३ को फिस रिसोट क्षेत्रमा लागुऔषध ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा भेटिएका ७ जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। कैलालीमा पछिल्लो समय लागुऔषध दुव्र्यशनी बढ्दै गएको छ।

clock मङ्गलबार २१, चैत २०७९ ०९:४२

प्रतिक्रिया