धनगढीमा एस.टि.एस धनगढी पेनाल्टी सुट आउट प्रतियोगिता हुने

  सोमबार २०, चैत २०७९ ०६:०१     विश्वास खबर

धनगढी । नयाँ बर्ष २०८० को पुर्वसन्ध्यामा फाप्ला खेल ग्राममा पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ । बिगत ११ बर्षदेखी हुँदै आएको एस.टि.एस धनगढी पेनाल्टी सुट आउट प्रतियोगिताले यस बर्षपनि निरन्तरता पाउने भएको हो ।

रकस्टार मिडियाको आयोजनामा हुन लागेको एस.टि.एस पेनाल्टी सुटआउट प्रतियोगितामा कम्तिमा ४० टिमको सहभागिता रहने प्रतियोगिताका अध्यक्ष दिनेश श्रेस्ठले जानकारी दिए । ३५ बर्ष माथीका खेलाडीले मात्रै खेल्न पाउने पेनाल्टी सुट आउट प्रतियोगिता यस बर्ष निशुल्क प्रवेश सहित फाप्ला खेलग्राममा गरिन लागेको श्रेस्ठले बताए ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने आयोजकले बताएको छ । उप बिजेताले ७५ हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने अध्यक्ष श्रेस्ठले बताए । यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडीले नगद १०,००० सहित ट्रफी मेडल प्राप्त गर्ने उनले बताए । आगामी २७ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ, दर्ता शुल्क रु १०,००० राखिएको छ ।

यस पटक सुदूरपश्चिम ११ स्पोट्स क्लव फाइनल र सेमी फाइनलको पेनाल्टीबाटै बाहिरियो यो हेर्दा पेनाल्टी निकै आवश्यक देखिएको श्रेस्ठले बताए । एस.टि.एस पेनाल्टी सुटआउटले समग्र पेनाल्टीको क्षेत्रमा समेत योगदान दिने उनको अपेक्षा छ ।

बिगत ११ बर्षदेखी हुँदै आएको एस.टि.एस पेनाल्टी सुट आउट प्रतियोगिता चैत्र मसान्त साँझ आयोजना हुने प्रतियोगिता संयोजक तथा रकस्टार मिडियाका प्रबन्ध निर्देशक जितेन्द्र रावलले बताए । पुरानो बर्षको बिदाई र नयाँ बर्षको स्वागत गर्ने अवशरपनि पेनाल्टी सुटआउटले दिने गरेको रावलले बताए ।

पेनाल्टी सुटआउट प्रतियोगिताकै अवशरमा दोहोरी गित तथा नृत्यका कार्यक्रम समेत राखिएको संयोजक रावलले बताए । नयाँ बर्षको उल्लास संगै सबैले प्रतियोगिता सफल पार्न सहयोग गर्ने उनको अपेक्षा छ ।

clock सोमबार २०, चैत २०७९ ०६:०१     विश्वास खबर

प्रतिक्रिया