श्रीलंकालाई हराउदैं भारत एसिया कपको फाइनलमा

  बुधबार २७, भदौ २०८० ०६:२५

काठमाण्डौं । घरेलु टोली  श्रीलंकालाई  ४१ रनले हराउदैं  भारतले  एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  

एसिया कप २०२३ अन्तर्गत सुपर फोरको  खेलमा भारतले दिएको  २१४ रनको लक्ष्य पन्छाएको श्रीलंका ४३ दशमलब ३ ओभरमा १७२ रनमा अलआउट भयो ।

उसका दुनिथ वेलालेजले ४२ र धनन्जय डि सिल्भाले ४१ रन बनाएपनि हार भने टार्न सकेनन्। भारतका कुलदीप यादवले ४,रविन्द्र जडेजाले दुई, जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए ।

त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको भारत ४९ दशमलब १ ओभरमा २१३ रनमा अलआउट भयो । 

जसमा कप्तान रोहित शर्मा ५३,शुभमन गिल १९,विराट कोहली ३,इशान किसन ३३,केएल राहुल ३९,हार्दिक पान्ड्या ५, रविन्द्र जडेजा ४, अक्षर पटेल २६ रनमा आउट भए । 


श्रीलंकाका दुनिथ वेलालेजले ५,हरिता असलंकाले ४ विकेट लिए । सुपर सिक्समा लगातार दोस्रो जित निकाल्दै भारत उपाधि नजिक पुगेको हो  ।

यसअघि  भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ ।

श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।  सुरुवाती दुई हारका साथ बंगलादेश भने फाइनल दौडबाट बाहिरिएको छ । 

clock बुधबार २७, भदौ २०८० ०६:२५

प्रतिक्रिया