ढुङ्गा लागेर डडेल्धुराको रडुवामा राकेश ऐरको मृत्यु

  आइतबार २४, भदौ २०८० १२:१८

धनगढी । सडकमाथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा डडेल्धुराको रडुवामा एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार मोटरसाइकलको पछाडि सवार राकेश ऐरको मृत्यु भएको हो। 

गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा डडेलधुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दीपायलबाट डडेलधुरातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरको मोटरसाइकलको पछाडि सवार ऐरको टाउकोमा शनिवार माथिबाट खसेको ढुङ्गा लागेका थियो।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतवार बिहान मृत्यु हो।

मोटरसाइकल चालक डडेलधुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।

clock आइतबार २४, भदौ २०८० १२:१८

प्रतिक्रिया