राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा विनोद बाजुरेली निर्वाचित

  आइतबार १०, भदौ २०८० ०९:५४

धनगढी । नेकपा एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा विनोद बाजुरेली निर्वाचित भएका छन्। धनगढीमा शनिवार सम्पन्न प्रथम प्रदेश अधिवेशन मार्फत बाजुरेलीको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो।

जसको उपाध्यक्षमा अमर छन्तेल र लक्ष्मी नाथ चयन भएका छन्। सचिवमा दीर्घराज फुलरा, सह सचिवमा नवीन बम र कोषाध्यक्ष रोजी धानुक सर्वसम्मत भएका हुन्। प्रदेश अध्यक्ष बाजुरेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेम थान अधिकारी प्रमुख अतिथि रहेका थिए ।

एमाले प्रदेश सचिवालय सदस्य तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, पार्टी कार्यवाहक दुर्गा जोशी निर्वाचन विभाग सदस्य रणबहादुर चन्द विशिष्ट अतिथि थिए ।

केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज भुवन रिजालले महासंघको अवस्था बारे प्रस्ट पारेका थिए भने केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज कृष्ण पाण्डेले स्वागत गरेका थिए ।
 

clock आइतबार १०, भदौ २०८० ०९:५४

प्रतिक्रिया