टी-ट्वान्टी सिरिज फाइनलः हङकङले दियो नेपाललाई १०२ रनको लक्ष्य

  शनिबार ०९, भदौ २०८० १४:२७

काठमाडौँ । मलेसियामा जारी चारदेशीय महिला टी-ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ ।

बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन बनायो ।

हङकङका लागि कान यिङ्ग चानले सर्वाधिक २९ रनको योगदान गरिन् । मारिना एन्टोनियाले १९ रन बनाइन् । शान्जिन शहजादले १४ तथा यास्मिन दास्वानीले ११ रन जोडे ।

नेपालका लागि खुसी डंगोलले सर्वाधिक ३ विकेट हात पारिन् । कविता जोशी र अश्मिना कर्माचार्यले एक(एक विकेट लिए ।

clock शनिबार ०९, भदौ २०८० १४:२७

प्रतिक्रिया