महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै

  शनिबार ०९, भदौ २०८० १०:२७

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ ।

नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार बिहान पौने १२ बाट सुरु हुनेछ । चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।

लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो स्थानको लागि शनिबार नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपाललाई ६ विकेटले पराजित गरेपनि आयोजक मलेसिया नेट रनरेटमा पछि पर्दै फाइनलमा पुग्न असफल भयो ।

नेपाल,हङकङ र मलेसियाले ३ मध्ये समान २–२ खेलमा जित हात पार्दै ४–४ अंक जोडेको थियो । तर,नेट रनरेटमा नेपाल र हङकङ फाइनलमा प्रवेश गरेका हुन् । कुवेतले भने ३ वटै खेलमा पराजय भोग्यो ।

clock शनिबार ०९, भदौ २०८० १०:२७

प्रतिक्रिया