डोटीमा नदीमा हाम फाल्दा फाल्दै प्रहरीले बचाएपछि‘

  शुक्रबार ०३, चैत २०७९ १३:०७

डोटी । डोटीमा सेती नदीमा हाम फालेर आत्महत्या प्रयास गरेका एक जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

शिखर नगरपालिका सालमुनी मन्दिर नजिकबाट नदीमा हाम फाल्न खोजेका ४६ वर्षीय पुरुषलाई प्रहरीले उद्दार गरेको हो ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ४६ वर्षीय ती पुरुषलाई प्रहरीले उद्दार गरेर आफन्तको जिम्मा लगाएको छ ।

नदीमा हाम फालेर आत्महत्या प्रयास गर्दै गरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

clock शुक्रबार ०३, चैत २०७९ १३:०७

प्रतिक्रिया