डोटीमा असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी

  शुक्रबार ०३, चैत २०७९ १२:५८     विश्वास खबर

डोटी। डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्‍याएको छ।

जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानहमा बिहीवार परेको बाक्लो असीनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति भएको स्थानीयले बताएका छन्।

पाक्नै लागेको गहुँमा असिनाले गर्दा खेतीमा नोक्सानी पुर्याएको भन्दै स्थानीय चिन्तित बनेका छन्।

clock शुक्रबार ०३, चैत २०७९ १२:५८     विश्वास खबर

प्रतिक्रिया