अवरुद्ध भएको एक सातापछि सञ्चालनमा आयो भीमदत्त राजमार्ग

  सोमबार २९, साउन २०८० १३:३५

धनगढी । कैलालीमा साउन २२ गते पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग आइतबार साँझदेखि एक सातापछि सञ्चालनमा आएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–४ को बुढीतोलामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले पहिरो पन्छाए पनि जोखिम कायमै रहेको र उक्त क्षेत्रमा हिलो, दलदलका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको बताए ।

राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।

clock सोमबार २९, साउन २०८० १३:३५

प्रतिक्रिया