चकबल प्रतियोगिता खेल्न धनगढीका खेलाडी ताईवान जादै

  आइतबार २८, साउन २०८० १४:३६

धनगढी । चकबल प्रतियोगितामा भाग लिन १२ जना खेलाडी ताइवान जाने भएका छन् । भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा हुने दोस्रो एसिया प्रशान्त बिच (समुद्रको किनार) चकबल च्याम्पियनसिपमा भाग लिन १५ वर्ष मुनिका १२ जना खेलाडीको टोली ताइवान जान लागेका हुन् ।

नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुर लगायतका ९ देशको सहभागिता रहने च्याम्पियन सिपमा भाग लिन नेपालबाट यो वर्ष नन्दिनाज एकेडेमीका खेलाडी छनोट भएका हुन् ।

तीन दिनसम्म हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन जान लागेका खेलाडी र व्यवस्थापकको टिमलाई एक समारोहका बीच सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बिदाइ गरे ।

सामाजिक विकास मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री साउँदले खेलाडीहरूलाई जितको शुभकामना दिँदै राष्ट्रको नाम राख्न र देशको पहिचान बनाएर आउन आग्रह गरेका छन् ।

बालुवामा खेलिने चकबल च्याम्पियनसिपमा भाग लिन ५ छात्रा र ७ जना छात्रटोली ताइवान जान लागेको नन्दिनाज एकेडेमीका प्रबन्ध निर्देशक महेश बिष्टले बताए ।

चकबल च्याम्पियनसिपमा भाग लिन रोजन शाही, आशिष खडका, कर्णवीर बिष्ट, मोहम्मद ओइस आलम, प्रतीकसिंह टेर, सात्विक ठाकुर, प्रिन्स बाइक, वर्षा बिष्ट, दिव्या नेपाली, स्मारिका सिजापती र निष्ठा भट्ट छनोट भएका हुन् ।

clock आइतबार २८, साउन २०८० १४:३६

प्रतिक्रिया