धनगढीको गर्भपतन प्रकरणमा बुढा प्रहरी खोर पुगे, बुढी फरार

  शुक्रबार २६, साउन २०८० १८:११

धनगढी । धनगढीमा गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा प्रहरी एक युवकलाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालक समेत रहेका २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार सोही घटनामा उनकी पत्नीसमेत रहेकी २२ वर्षीया आयुशा ओझा भने फरार रहेकी छन्।

हिजो (बिहीबार) जथाभावी गर्भपतन गर्ने औषधी खुवाएर धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको भन्दै पीडित पक्षले आज प्रहरी कार्यालय अगाडी प्रर्दशन समेत गरेका थिए। यस्तै उनीहरुले जाहेरी समेत दिएको बताइएको छ।

जोशी दम्पतिले चलाएको क्लिनिकका कारण थापाको ज्यान गएको आरोप लागेको छ। बिहिवार बिहान क्लिनिकमा गर्भपतन गर्न गएकी थापालाई क्लिनिकले औषधी दिएको थियो।

औषधी सेवनपछि उच्च रक्तस्राव भएर सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममै मृत्यु भएको थियो।अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्सक
clock शुक्रबार २६, साउन २०८० १८:११

प्रतिक्रिया