धनगढीको मेरी स्टोपमा गर्भपतन गराउन जाँदा महिलाको मृत्यु

  शुक्रबार २६, साउन २०८० ०६:१८

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन्। अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी-१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

कैलाली प्रहरीका अनुसार (बिहिवार) बिहान गर्भपतन (क्यूरेट) गर्न गएकी उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुनगई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका-२ बस्ने २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

clock शुक्रबार २६, साउन २०८० ०६:१८

प्रतिक्रिया