कैलालीको टीकापुरमा एकै व्यक्ति माथि दुई पटक खुकुरी प्रहार, प्रहरी मुख दर्शक

  शुक्रबार २६, साउन २०८० ०६:४१     विश्वास खबर

धनगढी । कैलालीको टीकापुरमा एकै व्यक्ति माथि एक महिनामा  २ पटक खुकुरी प्रहार भएको छ । नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का माथि एकै महिनामा २ पटक खुकुरी प्रहार भएको हो ।

टीकापुरमा आपराधिक घटनाहरू बढ्दै गएको भन्दै सुरक्षाकर्मीको चौतर्फी आलोचना बढ्दै गएको छ । टीकापुरमा प्रहरीले शान्ति सुरक्षा दिनुको सट्टा उल्टै आपराधिक क्रियाकलापमा लागेका ब्यक्तिलाई संरक्षणमा लागेको आरोप लाग्न थालेको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताएको छ । अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको प्रहरीको भनाई छ । 

सम्बन्धित शिर्सक
clock शुक्रबार २६, साउन २०८० ०६:४१     विश्वास खबर

प्रतिक्रिया