कैलालीको टीकापुरमा २ युवकमाथि खुकुरी प्रहार

  बुधबार २७, असार २०८० ०६:३१     विश्वास खबर

धनगढी । कैलालीको टीकापुरमा २ जना युवकमाथि खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको बताए। उनका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो।

अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उनले बताए। शाह ग्रुप नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ। थप विवरण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।

clock बुधबार २७, असार २०८० ०६:३१     विश्वास खबर

प्रतिक्रिया