टीकापुरमा नेतामाथि खुकुरी प्रहार गर्नेलाई तत्काल पक्राउ गर्न अनेरास्ववियुको माग

  बिहिबार २८, असार २०८० १६:१०

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीले टीकापुरमा एमाले र राष्ट्रिय युवा संघका नेतामाथि खुकुरी प्रहार गर्नेलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पाललाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियुले एमाले जिल्ला कमिटि सदस्य प्रकाश खड्का र युवा संघका प्रदेश कमिटि सदस्य बमबहादुर ओलीमाथि खुकुरी प्रहार गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

घटनापछि प्रहरी प्रशासनसँग न्यायका निमित्त जादा उल्टै अन्यायपूर्ण र पूर्वाग्रही व्यवहार गरिएपछि प्रहरीप्रतीको विश्वसनीयतामा आशंका उब्जिएकाले विश्वास गुम्ने वातावरण सिर्जना भएको अनेरास्ववियुले ठहर गरेको छ ।

अनेरास्ववियुका जिल्ला संयोजक रोहित बोगटीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा खुकुरी प्रहार गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कडा कारवाही गर्न माग गरिएको छ । प्रहरी प्रशासनले वेवास्था गरेको अवस्थामा न्यायका लागि सडकमा उत्रिने चेतावनी दिदै उत्पन्न हुने परस्थितीको जिम्मेवारी प्रहरीले लिनुपर्ने बोगटीले बताए ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पाललाई अनेरास्ववियुले बुझाएको ध्यानाकषर्ण पत्र

clock बिहिबार २८, असार २०८० १६:१०

प्रतिक्रिया