डोटी क्रिकेट संघको अध्यक्षमा सिंह

  बिहिबार २५, साउन २०८० ०६:४५

डोटी । डोटी जिल्ला क्रिकेट संघ क्यानको अध्यक्षमा दिनेस बहादुर सिंह निर्वाचित भएका छन् । डोटीको दिपायलमा सम्पन्न भएको साधारण सभाले सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ।

क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्द्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा जिल्लाका खेल क्षेत्रका खेलाडी लगायतको उपस्तिथि रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले सुदुर पश्चिम क्रिकेटका खेलाडीको उर्वर भुमी भएता पनि राज्यले त्यति महत्व नदिएको प्रती दुख ब्यक्त गरे ।

डोटीमा राम्रा खेलाडी भए पनि खेल मैदान,आवस्यक सामाग्री अभावमा उनिहरुको खेलको स्तर अझ माथी उठन नसकेको पनि बताए ।

clock बिहिबार २५, साउन २०८० ०६:४५

प्रतिक्रिया