कैलाली जिल्ला क्रिकेट संघको निर्वाचन नगराउन उच्च अदालतको आदेश

  बिहिबार २५, साउन २०८० ०६:३४

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको निर्वाचन नगराउन अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनले बिहिवारका लागि तय गरिएको संघको साधारण सभा तथा अन्य काम नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। 

जिल्ला क्रिकेट संघमा कैलाली बाहिरका प्रतिनिधि छनौट गर्ने निर्ण भएको भन्दै उपाध्यक्ष बाबुराजा श्रेष्ठले निवेदन दिएका थिए। सदस्यता छानबिनका लागि उनले दिएको रिट निवेदनमा उच्चले अल्पकालिन अन्तरिम आदेश दिएको हो।

उच्चले बिहिवारको साधारण सभासँगै अन्य कुनै पनि काम नगर्न भनेको छ। १५ दिन भित्र प्रतिनिधि छनौट लगाएतका विषयमा भएको निर्णय पेश गर्नसमेत भनिएको छ।  

श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदसँगै अदालतमासमेत निवेदन पेश गरेका थिए। संघको श्रावण २५ गते हुने अधिवेशनमा प्रतिनिधी छनौटका क्रममा योग्यता नपुगेका र फर्जी प्रतिनिती छनौट गरी केन्द्रमा पठाएको भन्दै श्रेष्ठले निवेदन दिएका हुन्।

फर्जी प्रतिनिती छनौट गरी केन्द्रमा पठाइएका १४ जना प्रतिनिधीहरुको छानविन गरी रोक्का गर्न र बिधान विपरित कार्यमा संलग्न जोकोहीलाई कार्वाही गर्न समेत माग गरेका छन्।

clock बिहिबार २५, साउन २०८० ०६:३४

प्रतिक्रिया