सन्दीपको टिमलाई हराउँदै दिपेन्द्रको टिमले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

  सोमबार २२, साउन २०८० ०६:५२

एजेन्सी । ग्लोबल टि२० क्यानडाको उपाधि नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मिलित टोली मोन्टेरियल टाइगर्सले जितेको छ ।

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो ।


जागुअर्सले दिएको १ सय ३१ रनको लक्ष्य मोन्टेरियलले अन्तिम बलमा भेटायो । उसका क्रस लिनले ३१ र शेरफान रुथफोर्डले नटआउट ३८ रन बनाए । दिपेन्द्रसिंह ऐरीले १७ बलमा १६ रन बनाएको अवस्थामा घाइते भएर रिटायर्ड हर्ट भए ।

बलिङतर्फ जागुअर्सका इफ्तिकर अहमदले २ विकेट लिए । ३ ओभर बलिङ गरेर २० रन दिएका सन्दीपले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।
सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा नटआउट रहे ।

आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाए । टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

clock सोमबार २२, साउन २०८० ०६:५२

प्रतिक्रिया