भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

  आइतबार २१, साउन २०८० ११:५२

काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो । यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन् ।

अगष्ट २८ देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा आवद्ध भएकी उनी काठमाडौं आएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएको हो ।

क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ । हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।

देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् । उनी गत वर्ष भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० ले आयोजना गरेको वुमन्स प्रिमियर लिग ९डब्लूपीएल० मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन् ।

नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउने छन् ।

clock आइतबार २१, साउन २०८० ११:५२

प्रतिक्रिया