सुदूरपश्चिम ११ स्पोर्टस क्लबद्वारा पटेला स्मार्टलाई खेल सामाग्री सहयोग

  सोमबार १५, साउन २०८० ११:०१

विराज रोस्यारा, धनगढी । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । पटेलास्थित फुटवल मैदानमा  एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम ११ स्पोर्ट क्लबका अनुसार पटेला स्मार्ट क्लबलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग खेल सामग्री हस्तान्तरण गरे । 

धनगढीको ग्रामीण ईलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्देश्यका साथ सुदूरपश्चिम ११ स्पोर्टस क्लबले खेल सामाग्री सहयोग गरेको हो ।  यसका साथै दुबै क्लबबीच दुई वर्षको रणनीतिक सम्झौता समेत भएको छ ।

क्लबको आन्तरिक ब्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने तथा पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम ११ स्पोर्टस क्लबले सहयोग गर्ने विषयमा सम्झौता भएको हो । सुदूरपश्चिम ११ पोर्टस क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको सामाग्रीसुदूरपश्चिम ११ ले सहयोग गर्नेछ । 

सुदूपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीलाई राम्रो प्रशिक्षण दिने उद्देश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरेको बताए । उनले दुई बर्षे सम्झौताबाट ग्रामीण क्षेत्रमा रहेका फुटबल खेलाडीहरुले नियमित प्रशिक्षण पाउने र उत्कृष्ट  खेलाडीले सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताखेल्न अवसर पाउने बताए । 

खेल सामग्री हस्तान्तरण कार्यक्रममा सुदुरपश्चिम प्रादेशिक फुटबल संघका उपाध्यक्ष राघवेन्द्र कार्की, क्लबका प्रमुख सल्लाहकार पतिराम चौधरी, सुदुरपश्चिम प्रादेशिक फुटबल संघका सदस्य हेमकर्ण रञ्जितकार, कैलाली जिल्ला फुटबल संघका निवर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवा क्लबका अध्यक्ष निरज बिष्ट, क्लबका कार्यसमिति सदस्य खडक शाह लगायतको उपस्थिती रहेको थियो ।

clock सोमबार १५, साउन २०८० ११:०१

प्रतिक्रिया