खप्तड गोल्डकप : थ्री स्टार र सुदुरपश्चिमम-११ भिड्दै

  बिहिबार १६, चैत २०७९ १२:४९

धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनल आज बिहीबार हुँदैछ ।

धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लब र घरेलु टोली सुदुरपश्चिम-११ बीच प्रतिस्पर्धा हुँदैछ । थ्री स्टार र सुदुरपश्चिमबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको थियो ।

clock बिहिबार १६, चैत २०७९ १२:४९

प्रतिक्रिया