खप्तड-शैलेश्वरी गोल्डकपको उपाधि सेनालाई

  शनिबार १३, साउन २०८० ०९:५३

डोटी । डोटी उद्योग वाणिज्य संघको आयोजना नेपाली सेनाको भैरव प्रसाद गण, सिलगीको व्यवस्थापनमा सम्पन्न भएको खप्तड-शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सेनाले हात पारेको छ।

शुक्रबार भएको अन्तिम खेलमा नेपाली सेनाको भैरव प्रसाद गण “ए” टिम र एसवाइसी सिलगढी टिमबीच प्रतिस्पर्धा भएको थियो । भैरव प्रसाद गण “ए” २-१ गोल अन्तरले विजयी भएको हो ।

यसअघिका खेलहरुमा भैरव प्रसाद गण “ए” ले पूर्वीचौकी गाउँपालिकाको टिम र डि एस एसलाई पराजित गर्दै फाइनलमा पुगेको हो । यस्तै, भैरव प्रसाद गण “बि” र ब्ल्याकस्टोन ब्वाइजलाइ हराउदै एसवाइसी फाइनलमा पुगेको हो ।

विजयी भएसँगै भैरव प्रसाद गण “ए” ले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप-विजेता एसवाइसी सिलगढीले १५ हजार नगद सहित ट्रली मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।

clock शनिबार १३, साउन २०८० ०९:५३

प्रतिक्रिया