इन्धनको मूल्य घटेपछि यातायात विभागले घटायो सार्वजनिक यातायातको भाडादर

  सोमबार ०१, साउन २०८० १३:२६

काठमाण्डौँ । सरकारले इन्धनको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर घटेको छ ।  आइतबार नेपाल आयल निगमले डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो ।

आजैदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडा दर समायोजनसहित वैज्ञानिक भाडा दर कायम गर्ने व्यवस्था छ ।

clock सोमबार ०१, साउन २०८० १३:२६

प्रतिक्रिया