सुदूरपश्चि प्रदेशमा अँनर ब्राण्डको मोबाइलको विक्री वितरण आरम्भ

  बुधबार २७, असार २०८० १८:१२

धनगढी । कैलालीसहित सुदूरपश्चिम प्रदेशमा ‘अँनर’ ब्राण्डको मोबाइलको विक्री वितरण शुरु भएको छ । सेलट्रन नेपाल कम्पनी र केदार मोबाइल हाउससंगको संयुक्त आयोजनामा धनगढीमा भव्य समारोहकाबिच मोबाइल विक्री वितरणको आरम्भ गरिएको हो ।

नेपालमा सो ब्राण्डका मोबाइल विक्री वितरण गर्ने जिम्मा सेलट्रन नेपाल कम्पनीले पाएको छ भने सुदूरपश्चिम प्रदेशमा केदार मोबाइल हाउससंग विक्री वितरणको सहमति गरेको थियो ।

मोबाइल विक्री वितरणको आरम्भका लागि सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंहले ‘केक’ काटेर आरम्भ भएको जानकारी दिए ।

सो ब्राण्डका मोबाईलहरु ११ हजारदेखि एक लाख ६५ हजार रकम पर्ने गरि मोडलहरु बजारमा रहेको जनाइएको छ । बजारमा अहिले अँनरका ‘एक्स सिक्स’, ‘एक्स सेभेन’, ‘एक्स एट’ र ‘एक्स नाइन’को माग बढीरहेको कम्पनिका बजार प्रतिनिधि नविन थापाले जानकारी दिए । 

कार्यक्रममा मोबाइल एशोसियसन कैलालीका अध्यक्ष सुरेश सापकोटा, आसिस मोबाइल ग्यालरीका सञ्चालक तेज आलम केदार मोबाइल हाउसका सञ्चालक विनय चोखाल लगायत मोबाइल ग्यालरी सञ्चालक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

clock बुधबार २७, असार २०८० १८:१२

प्रतिक्रिया