हवाई भाडादर घट्यो, धनगढी–काठमाण्डौँ कति ?

  मङ्गलबार १९, असार २०८० २१:२०

धनगढी । नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो। 

प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म भाडा घटेको छ। धनगढीका लागि ६१५ रुपैयाँले हवाई भाडा कम भएको छ। काठमाण्डौँ–धनगढीको ६ हजार ६२५ बाट घटेर ६ हजार १० कायम भएको छ।

त्यस्तै पाँच हजार ११५ बाट घटेर चार हजार ६४० तथा नेपालगञ्ज–धनगढीको भाडा दुई हजार ३५५ बाट घटेर दुई हजार १३५ नयाँ भाडादर कायम भएको प्राधिकरणले जनाएको छ।

clock मङ्गलबार १९, असार २०८० २१:२०

प्रतिक्रिया