सिडेनको प्रदेश कार्यालय धनगढीमा उद्धाटन

  सोमबार १५, मङि्सर २०८२ १२:५१

धनगढी । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) सुदूरपश्चिमको प्रादेशिक कार्यालय कैलालीको धनगढीमा उद्धाटन गरिएको छ । 

धनगढी उपमहानगरपालिका– ४ मा रहेको प्रदेश कार्यालयको सिडेनका केन्द्रीय सभापति रविभुषण झाले उद्धाटन गरे ।  

सिडेनका प्रदेश सभापति रोशनप्रसाद भट्टको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सिडेनका निवर्तमान उपसभापति लक्षित पाठकले राखेका थिए । 

सिडेनका प्रदेश तथा जिल्लाका प्रतिनिधिहरु सम्मिलित कार्यालय उद्धाटन कार्यक्रमको सञ्चालन सिडेनका सहसचिव किरण रावलले गरेका थिए ।

सिडेनको प्रादेशिक कार्यालय खोल्ने समिति सुदूरपश्चिम नै पहिलो भएको छ । 

clock सोमबार १५, मङि्सर २०८२ १२:५१

प्रतिक्रिया