विपिन जोशीका आमा र बहिनी काठमाडौं फर्किए
काठमाडौं । इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट आज बिहान काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेर अघि कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।
हमासको कब्जामा रहेका विपिनको विपिनको अवस्था पत्ता लगाउन र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आमा पद्मा र बहिनी पुष्पा सुरुमा इजरायल र त्यसपछि अमेरिका गएका थिए
उनीहरु अमेरिकामा रहेकै बेला हमासले विपिनको युद्धमा मृत्यु भएको भन्दै इजरायललाई शव हस्तान्तरण गरेको थियो । हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ ।
विपिनकी आमा र बहिनीलाई अमेरिकारइजरायल र नेपाल आउ–जाउको प्रबन्ध इजरायल सरकारले नै मिलाइदिएको थियो ।
इजरायलको लर्न र एण्ड अर्न कार्यक्रमको सिलसिलामा गाजा क्षेत्रको सिमा नजिकैको किबुत्ज सहरमा गएका १७ नेपाली विद्यार्थीहरु दुई वर्षअघि हमासको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भए पनि विपिनलाई हमासले बन्धक बनाएको थियो ।
प्रतिक्रिया