कैलालीका १२ वटा पालिकाको यस्तो छ आगामी आर्थिक वर्षको बजेट
धनगढी । कैलालीका १३ वटा स्थानीय तहहहरुमध्ये १२ वटा पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने बाँध्यताअनुसार कैलालीका १२ वटा स्थानीय तहहरुले आइतबार नगर तथा गाउँ सभा आयोजना गरि नीति, कार्यक्रम तथा बजेट पेश गरेका हुन ।
स्थानीय तहहरुमध्ये अधिकाँसले चालु तथा पुँजिगत बजेट नछुट्याई कुल अनुमानित बजेट सभामा पेश गरेका छन् । कुल अनुमानित बजेटमात्र सभामा पेश गर्ने स्थानीय तहमा गौरिगंगा, टीकापुर, घोडाघोडी नगरपालिका तथा बर्दगोरिया, कैलारी र जोशीपुर गाउँपालिका रहेका छन् ।
जिल्लाको दुर्गम गाउँपालिका मोहन्यालले आइतबार दिउसो नीति तथा कार्यक्रम सभामा पेश गरेको छ ।
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९र८० लागि अनुमानित एक अर्व ९३ करोड बढी बजेट प्रस्तुत गरेको छ ।
धनगढी उपमहानगरपालिका
कुल बजेटः एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८
चालु तर्फः एक अर्व १७ करोड ४४ लाख ९७ हजार ६३
पुँजिगततर्फः ७८ करोड ६५ लाख २७ हजार एक सय ५५
गोदावरी नगरपालिका
कुल बजेटः १ अर्ब २२ करोड ९४ लाख ७० हजार
चालुतर्फः ७६ करोड २८ लाख ६२ हजार
पुँजिगत तर्फः ४६ करोड ६६ लाख ८ हजार
गौरिगंगा नगरपालिका
कुल बजेटः ८९ करोड ७१ लाख ७३ हजार
चालुतर्फः
पुँजिगततर्फः
घोडाघोडी नगरपालिका
कुल बजेटः ९७ करोड ४३ लाख ९८ हजार
चालुतर्फः
पुँजिगततर्फः
लम्की चुहा नगरपालिका
कुल बजेटः ९४ करोड ४२ लाख
चालुतर्फः ६२ करोड ८८ लाख ५० हजार
पुँजिगततर्फः ३१ करोड ५३ लाख ५० हजार
भजनी नगरपालिका
कुल बजेटः ६४ करोड ८७ लाख पाँच हजार
चालुतर्फः ४२ करोड ७६ लाख
पुँजिगततर्फः २२ करोड ११ लाख पाँच हजार
टीकापुर नगरपालिका
कुल बजेटः ८१ करोड २३ लाख
चालुतर्फः
पुँजिगततर्फः
जानकी गाउँपालिका
कुल बजेटः ६१ लाख पाँच लाख ७१ हजार
चालुतर्फः ४२ करोड ५४ लाख ६० हजार सात सय ५४
पुँजिगततर्फः १८ करोड ५१ लाख १० हजार दुई सय ४६
बर्दगोरिया गाउँपालिका
कुल बजेटः ७९ करोड ८६ लाख १३ हजार १ सय २४
चालुतर्फः
पुँजिगततर्फः
कैलारी गाउँपालिका
कुल बजेटः ६३ करोड ४८ लाख ६९ हजार
चालुतर्फः
पुँजिगततर्फः
चुरे गाउँपालिका
कुल बजेटः ४९ करोड ८७ लाख आठ हजार
चालुतर्फः २९ करोड ९२ लाख ६८ हजार
पुँजिगततर्फः १९ करोड ९४ लाख ४० हजार
जोशीपुर गाउँपालिका
कुल बजेटः ४४ करोड ३५ लाख ८४ हजार चार सय
चालुतर्फः
पुँजिगततर्फः
प्रतिक्रिया