दार्चुलाको ल्याह्युल हिमालको पहिलो पटक सफल आरोहण

  आइतबार ०५, असोज २०८२ ०६:४३

दार्चुला । अपी हिमाल क्षेत्रमा रहेको ६३९६ मिटर उचाइको ल्याह्युल पिक ९भभया हिमाल० मा पहिलो पटक सफल आरोहण गरिएको छ। 

अपी हिमाल क्षेत्रमा व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीको टोलीले बिहीवार भभया हिमालको सफल आरोहण गरेको अपिहिमाल गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार सात जनाको टोलीले हिमाल आरोहण गरेको हो। सुदूरपश्चिम प्रदेशको सबैभन्दा उचाइको अपी हिमाल (७१३१) को आरोहणलाई आकर्षण गर्न गाउँपालिकाको समन्वयमा माउन्टेन गाइड तालिम सञ्चालन भएको हो।

तालिमका प्रशिक्षक लालबहादुर जिरेल, रामकाजी तिवारी, राकेशराज तामाङ र प्रशिक्षार्थीहरु सूर्यमान तामाङ, सुरज तामाङ, भीषण योन्जन, डाली शेर्पाले भभया हिमाल आरोहण गरेका हुन्।

अपिहिमाल–१ मा रहेको अपिहिमालको दायाँपट्टि भभया हिमाल रहेको छ। अपी हिमालमा पर्यटन र हिमाल आरोहणीलाई आकर्षण गर्न पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिकाले बताएको छ।

पदमार्ग निर्माण, पर्यटन आवास गृह र अन्य पूर्वाधार निर्माणमा विभिन्न निकायको सहयोगमा काम भइरहेको दाबी गरिएको छ। अघिल्लो संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्क मुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको थियो।

clock आइतबार ०५, असोज २०८२ ०६:४३

प्रतिक्रिया