कैलाली कांग्रेसका युबा नेता शाहले गरे पार्टी परित्यागको घोषणा
धनगढी । नेपाली कांग्रेसका युबा नेता गणेश शाहले पार्टी परित्यागको घोषणा गरेका छन् ।
आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै उनले लेखेका छन् ,''श्रम ,स्वतन्त्रता , शृजनशिलता, र आत्मसन्तुष्टि का लागि जिवन जिउने अठोट सहित । लगभग दुई दशक लामो नेपाली काङ्रेसको यात्रा आज बाट विराम लिएको छु। आजबाट आफू नेपाली काङ्ग्रेसको साधारण सदस्य नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछु।''
उनले राजनिमा पत्र क्षेत्रीय सभापति एवम् वडा सभापतिको whatsapp मार्फत पठाइएको जानकारी समेत गराएका छन् ।
शाह गोदावरी–४ मा युबाहरुमा शालिन नेताको रूपमा परिचित छन् । बिद्यार्थी राजनीति संगै दुर्गालक्ष्मी नमुना बिधालय को ब्यबस्थापन समितिको अध्यक्ष समेत शाह भैसकेका छन् ।
उनले दोस्रो पटक पनि बिधालयको नेतृत्व लिन खोजेका थिए तर पार्टी भित्रबाट नै त्यो सिंगन्ल नपाएपछि उनी असन्तुष्ट थिए।
यस अघि अर्का कांग्रेसका युबा प्रेम भट्टले पनि पार्टी परित्याग गरिसकेका छन् ।
प्रतिक्रिया