अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको अध्यक्षमा खत्री

  आइतबार ०८, भदौ २०८२ ०९:४३

धनगढी । अखिल नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित खत्री चयन भएका छ्न ।

महासंघको शनिबार धनगढीमा सम्पन्न प्रथम सम्मेलनले खत्रीको अध्यक्षतामा ४५ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।

खत्री जिल्ला खेलकुद विकास समिति कैलालीका पूर्व अध्यक्ष हुन । समितिको उपाध्यक्षमा रघुबीर पार्की,चन्द्र बहादुर बोहरा र हिक्मतबहादुर शाही चयन भएका छन ।

त्यस्तै,सचिवमा सविन गिरी,सह-सचिवमा जङ्गबहादुर डगौरा र कोषाध्यक्षमा वर्षा साउद चयन भएको महासंघले जनाएको छ ।

clock आइतबार ०८, भदौ २०८२ ०९:४३

प्रतिक्रिया