बझाङबाट खैरो हेरोईनसहित बाजुराका एक जना पक्राउ

  शनिबार ०७, भदौ २०८२ ०८:०६

बझाङ । बझाङबाट खैरो हेरोईनसहित बाजुराका एक जना पक्राउ परेका छन्।

बझाङको जयपृथ्वी नगरपालिका–९ चिउरीखान स्थित सुर्मा देवी ग्रिल उद्योग भित्र लागूऔषध औषध खैरो हेरोईन बेचबिखन गरी रहेको छ भन्ने बिशेष सूचनाको आधारमा चेकजाँच गर्दा ग्रिल उद्योग सञ्चालक बाजुराको बुढीगंगा नगरपालिका–८ घर भएका १९ वर्षीय विशाल रावललाई प्रहरीले पक्राउ गरेको हो।

रावलको कोठा र ग्रिल उद्योग भित्र खानतलासी गर्दा ४५० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

clock शनिबार ०७, भदौ २०८२ ०८:०६

प्रतिक्रिया