कैलालीको भजनीमा किसान र सशस्त्र प्रहरीबीच झडप

  सोमबार ०४, असार २०८० १७:०२

धनगढी । कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच झडप भएको छ । भारतीय सीमाबर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो । 

बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।

May be an image of 7 people, motorcycle and bicycle

नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा  विवाद बढेको वडाध्यक्ष चौधरीले बताए । 

स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याएका लागेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लुकीछुपी अवैध रुपमा ल्याएको मल नियन्त्रणमा लिएका बताए ।

May be an image of 10 people, scooter, motorcycle and text

clock सोमबार ०४, असार २०८० १७:०२

प्रतिक्रिया