पूर्वमुख्यमन्त्री भ्रष्टाचार मुद्दा : बिगो कायम एक करोड, धरौटी मागियो एक लाख
पूर्वमुख्यमन्त्री भ्रष्टाचार मुद्दा : बिगो कायम एक करोड, धरौटी मागियो एक लाख
धनगढी । गैरकानुनी रुपमा सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । विशेष अदालतले एक लाख धरौटी माग गरेको हो ।
सोडारी सोमबार अदालतमा उपस्थित भएपछि उनको थुनछेक भएको थियो । सोडारीले एक लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।
पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १९ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ । सोही बराबरको रकम अख्तियारले बिगो कायम गर्दै मुद्धा दायर गरेको थियो ।
सोडारी ६ वैशाख ०८१ देखि २० साउन सम्म करिब तीन महिना प्रदेशको मुख्यमन्त्री थिए । भ्रष्टाचार मुद्दापछि उनको प्रदेशसभा सदस्य पद निलम्बनमा छ।
प्रतिक्रिया