अर्थ विकास समितिको सार्वजनिक सुनुवाइ कैलालीका स्थानियले गरे बहिस्कार
धनगढी । कैलालीमा प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको सार्वजनिक सुनवाइ स्थानीयले बहिष्कार गरेका छन् । कैलारी गाउँपालिका–५ को बैजपुरमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गुर्गी सिँचाइ आयोजना पुनःनिर्माण ढिलाइ सम्बन्धि गरेको सार्वजनिक सुनुवाई कार्यक्रम स्थानियले बहिस्कार गरेका हुन ।
समितिका सभापति तथा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गुर्गी सिँचाइ आयोजना निर्माणका लागि वर्षेनी बजेट विनियोजन हुने तर निर्माण नहुने गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका थिए ।
स्थानियहरुले सार्वजनिक सुनुवाई बहिस्कार गरेपछि कार्यक्रममा सहभागि समितिका सदस्य समेत रहेका माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्र बहादुर मल्ल, कांग्रेस सांसद ललिता सुनार, माओवादीका सांसद शिवसिंह ओली र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशी बोल्न नपाउदै फर्किएका छन् ।
५० को दशकमा कैलारी गाउँपालिका–५ मा निर्माण भएको गुर्गी सिँचाइ आयोजनाको मूल नहरको बाँध भत्किएको थियो । संघीय सरकारले त्यसपछि पुनःनिर्माणको नाममा २०६४ सालपछि बर्सेनि बजेट विनियोजन गर्दै आएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले समेत गुर्गी सिँचाइ आयोजनाका नाममा बजेट छुट्याउने गरेको थियो । सरकारले हरेक वर्ष बजेट छुट्याएपनि योजना पुनःनिर्माण नहुँदा स्थानीयमा ठूलो आक्रोश रहेको छ । स्थानीयले सार्वजनिक सुनवाइ कार्यक्रम बहिष्कार गरेपछि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले स्थानीयको कुरा सुन्ने उद्देश्य आएको बताउँदै बहिष्कार गर्नु राम्रो नभएको बताए । उनले वर्षौंदेखि अलपत्र रहेको गुर्गी सिँचाइ आयोजना पुननिर्माणका लागि समितिमा थप छलफल गरेर सरकारलाई निर्देशन दिइने बताए ।
प्रतिक्रिया