नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता गंगाराममाथि कारबाही

  शनिबार ३१, साउन २०८२ ०७:४५

धनगढी । पार्टीको विधान विपरित काम गरेको भन्दै नागरिक उन्मुक्ति पार्टी संसदिय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरिएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता चौधरीलाई पार्टीको केन्द्रिय समिति पदाधिकारी सदस्य तथा संसदीय दलको नेताको भुमिकामा नरहने गरी कारबाही गरेकी हुन ।

शुक्रबार सार्वजनिक नेता चौधरीलाई कारबाही गरिएको पत्रमा संसदीय दलको नेताको भुमिकामा रहेको व्यक्तिले पार्टीको विधान विपरित केन्द्रिय कमिटिको बैठक बोलाउने निर्णय गर्नु, संवैधानिक आयोगको रुपमा रहने सम्मानित निर्वाचन आयोगको बैठकको निर्णय विपरित पार्टीको महासचिव पद उल्लेख गरि पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरि विभिन्न निर्णय एवम् पत्राचार गरेको र दल त्याग गरेको एवम् केन्द्रिय कमिटि पदाधिकारी समेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको लगायतका कारणले कारबाही गरिएको उल्लेख गरिएको छ ।

पत्रमा सो विषयमा पार्टीको विधान २०७८ को धारा १७ बमोजिम अनुशासन विपरितको कार्य गरेकोमा कारबाही किन नगर्ने भनी २ पटक स्पष्टिकरण सोधिएको पनि उल्लेख गरिएको छ । पहिलो पटक कारबाही किन नगर्ने भनि यही साउन १५ गते सोधिएको स्पष्टिकरणको जवाफ स्वरुप आफूलाई लागेको आरोप उपर स्पष्ट पार्नुको साटो उल्टै आरोप प्रत्यारोप गर्ने किसीमले सायन १६ गते जवाफ आएको र सो जवाफ सन्तोषजनक नभएकाले पुनः साउन १८ गते स्पष्टिकरण सोधिएकोमा त्यसको कुनै जवाफ नआएको पत्रमा उल्लेख छ । पत्रमा आरोपको प्रतिवाद गर्ने अवसर प्रदान गर्दा पनि कुनै तथ्यपरक र सन्तोषजनक स्पष्टिकरण पेश नगरी आरोप स्विकार गरी बसेको भन्दै कारबाही गरिएको बताईएको छ ।

clock शनिबार ३१, साउन २०८२ ०७:४५

प्रतिक्रिया