कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

  सोमबार ०४, असार २०८० १३:३५

धनगढी । कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको जानकी गाउँपालिका–४ का १९ वर्षीय नबीन कठरीया २ सय मिलिग्राम लागुऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–६ हात्तीबोझामा सोही ठाउँका २६ वर्षीय बिरेन्द्र बडायक पक्राउ परेका छन्। भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका बडायकलाई चेकजाँच गर्दा ०.३७ मि।ग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

बडायकलाइ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको संयुक्त प्रहरी टोलीले  पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

clock सोमबार ०४, असार २०८० १३:३५

प्रतिक्रिया