कारागार झडपमा घाइतेहरु भेट्न अस्पताल पुग्यो मानवअधिकार टोली
धनगढी । कैलाली कारागारमा भएको झडपका घाइतेहरुको अवस्था बुझ्न रास्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ ।
घाइतेको परिवारले भेट्न नपाएको, उपचारबारे जानकारी नभएको गुनासो आएपछि आयोग पुगेको हो ।
सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टले घाइतेहरुको अवस्थ बुझिरहेका छन् । कारागारमा भएको झडपमा १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते छन् ।
प्रतिक्रिया