धनगढीमा लागुऔषधसहित क्लिनिक सञ्चालक पक्राउ

  आइतबार ०३, असार २०८० १५:३५

धनगढी । धनगढीमा लागुऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन्।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागुऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ।

कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गदैछ।
 

clock आइतबार ०३, असार २०८० १५:३५

प्रतिक्रिया