मुख्यमन्त्री शाह नेतृत्व सरकारको एक वर्ष पुरा, यस्ता छन उपलब्धि

  मङ्गलबार २०, साउन २०८२ १४:१८

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ । गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेको समय सीमामा नागरिक उन्मुक्ति पार्टीका दुई जनाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेपछि नेपाली कांग्रेसका शाहले बाजी मार्नुभएको थियो ।

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री नियुक्ति हुन नसकेपछि प्रदेश सभामा सबैभन्दा ठुलो दलका संसदीय दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो । 

उहाँले नेकपा ९एमाले० र नागरिक उन्मुक्ति पार्टीलाई समावेश गरेर सरकार बनाउनुभएको थियो । पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शाह नेतृत्वको सरकारले प्रदेश सभाबाट स्थानीय सेवा ऐन निर्माण गरेर स्थानीय तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान कार्यको सुरुवात गरेको छ ।

यस्ता छन् उपलब्धि 

clock मङ्गलबार २०, साउन २०८२ १४:१८

प्रतिक्रिया