शुक्लाफाँटा आरक्ष विस्थापितका समस्या समाधान गर्न सांसद तामाङको माग

  सोमबार १९, साउन २०८२ २१:१७

महेन्द्रनगर । नेकपा एमालेका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारा लामा तामाङले शुक्लाफाँटा आरक्ष विस्थापितको समस्या समाधान गर्न माग गरेका छन्। सोमवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले आरक्ष विस्थापितको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरेका हुन।

सांसद तामाङका अनुसार, विसं २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९हाल राष्ट्रिय निकुञ्ज० विस्तारका क्रममा विस्थापित भएका नागरिकको पुनर्स्थापनाका लागी सरकारले ३२ वटा आयोग गठन गरेर करोडौँ रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन।

“आरक्ष विस्थापितहरू कञ्चनपुरको ढक्का शिविर सहित अन्य शिविरहरूमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन्, सांसद तामाङले भने–‘छिटो भन्दा छिटो मानवीय हिसाबले बस्ती र आरक्ष पीडितहरूको न्यूनतम आवश्यकता भए पनि तत्काल समाधान गरी पीडितहरूको दीर्घकालीन समाधानको लागी सरकार सँग अनुरोध गर्दछु।”

साथै, प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुर र कैलालीमा बाढी डुबानको समस्या समाधान गर्न पनि सरकार सँग माग गरेका छन्। महाकाली नदी, चौधर नदी लगायत विभिन्न खोलामा विगत ३÷४ वर्षदेखि नदीजन्य पदार्थ ननिकालिँदा नदी खोलामा पानी निकास हुन नपाएकाले यथाशीघ्र नदीजन्य पदार्थ निकाल्ने व्यवस्था मिलाउन समेत सांसद तामाङले सरकार सँग माग गरेका छन्।

clock सोमबार १९, साउन २०८२ २१:१७

प्रतिक्रिया