पहलमानपुरमा बिषादी खाद्यान्न खाएर छाडा गाई मरेको अवस्थामा फेला

  शनिबार ०२, असार २०८० १२:४३

धनगढी। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुर क्षेत्रमा शनिबार बिहान मरेको अवस्थामा दुई गाई फेला परेका छन्।

मरेको अवस्थामा फेला परेका दुई गाईमा बाहिरी कुनै घाउ फेला नपरेपछि पशु चिकित्सकलाइ बोलाएर देखाउदा विषादीको प्रयोग भएको खुलेको हो।

उक्त क्षेत्रमा छाडा पशुचौपायाका कारण आजित भएका किसानले विषादी प्रयोग गरेर मारेको हुन सक्ने घोडाघोडी नगरपालिका–१० का वडा अध्यक्ष जालुराम चौधरीले बताए।

उनले मरेको गाईलाई उठाउन नगरप्रमुखलाइ खबर गरेको बताए।

गाइलाई उठाएपनि गाइलाई विषदी कस्ले खुवायो, यसरी विषादीकै प्रयोग गरी गाई मरेको विषयलाइ नगरप्रमुख खडक बहादुर रावतलाई खबर गर्दा समेत गम्भीर रुपमा नलिएको प्रति स्थानीयले नगरप्रमुखलाई गैरजिम्मेवारीपन भन्दै गुनासो गरेका छन्।

clock शनिबार ०२, असार २०८० १२:४३

प्रतिक्रिया