गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै  प्रदेश सभा अगाडि आज शङ्ख र सिटी बजाइने

  शुक्रबार ०१, असार २०८० ०६:५७

धनगढी । सुदूरपश्चिम प्रदेश सभा अगाडि भोलि आर्थात असार १ गते शङ्ख र सिटी बजाइने छ। गेटामा विश्वविद्यालय स्थापनाको माग गर्दै संघर्ष समितिले प्रदेश सभा अगाडि शङ्ख र सिटी बजाउने भएको हो।

गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै प्रदेश सभा अगाडि शङ्ख र सिटी बजाएर प्रदर्शन गरिने संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताए।

शुक्रवार ३ बजेबाट शान्तिपूर्ण प्रदर्शन गरिने तय भएको हो। बिहीबार उक्त समुहले प्रदेश सभा अगाडि थाल ठटाएर प्रदर्शन गरेको थियो।

clock शुक्रबार ०१, असार २०८० ०६:५७

प्रतिक्रिया