धनगढीका राज डुवान नियन्त्रण गर्न लागि पर्दै, बिशालनगरमा चल्यो डोजर
धनगढी । धनगढीको बिशालनगरमा डोजर चलेको छ । बिशालनगर क्षेत्रमा सडक आसपास क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको छ ।

धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित उपमहानगरले सडक क्षत्रमा पर्ने संरचना भत्काउन सुरु गरेको हो।

सडक फराकिलो नहुँदा समस्या हुँदैँ आएकोमा अव भने सहज हुने भएको हो । साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो ।

प्रतिक्रिया