रेसमको विरहः दिनभरी बाहिर मिलौँ–मिलौँ भन्छु, साँझ आफ्नै दैलो दर्‍याम्म लाग्छ

  आइतबार २९, असार २०८२ २३:४०

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले पहिचान (मधेसकेन्द्रित दल) वादीका नाममा छरिएर रहेका दलहरू एकढिक्का हुनुपर्ने आफ्नो विचार कसैले नबुझिदिएको भन्दै गुनासो गरेका छन्। उनले यसमा आफ्नै पत्नी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबाट पनि साथ नमिलेको आशय दिँदै गुनासो पोखे।

 

‘म त यो पार्टीसार्टी खोल्ने, दायाँबायाँ लाग्ने मान्छे होइन, म त मुद्दालाई मात्र ध्यान दिन्छु। मुद्दा मात्रै मन पर्छ। उपेन्द्र यादव, रेसम चौधरी, राजेन्द्र महतो, महन्थ ठाकुर, सिके राउत भनेर के गर्नुहुन्छ?,’ शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘बोली एउटै छ, भाषण एउटै छ, घोषणापत्र एउटै छ, विधान एउटै छ, मुद्दा एउटै छ, थकाउने एउटै छ, मिल्ने कहिले भन्या क्या?’

 

त्यसपछि चौधरीले नाम नलिएर आफ्नै पत्नी रञ्जितालाई लक्षित गरेर अभिव्यक्ति दिए। ‘म मात्रै मिलौँ, मिलौँ भन्छु, दिनभरि मिलौँ, मिलौँ भन्छु। बेलका मेरै घरको दैलो दर्‍याम्म लाग्छ, मेरो पीडा मसँगै छ। बुझ्नेले बुझ्नुस्, नबुझ्ने भए यत्तिकै भयो,’ उनले भने।

 

उनले आफू नेता बन्न नचाहेको पनि बताए। मुद्दामा एकढिक्का भएर देशमा सम्मानपूर्वक बाँच्न पाए आफू गीत गाएर, कलेज पढाएर पनि बस्नसक्ने उनले बताए। नागरिकबाट

clock आइतबार २९, असार २०८२ २३:४०

प्रतिक्रिया